Incident Reports

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2021-01-17

Province 1, Morang, Biratnagar

१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्‍याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कपडा किनिदिने प्रलोभनमा पारी जोगबनी नाका पुर्‍याएको अवस्थामा सानाहातहरू नामक संस्थाले प्रहरीलाई खबर गरेको थियो ।

धरान उपमहानगरपालिका–१७ मा दिदी घर बस्दै आएकी बालिकालाई आरोपितले प्रलोभनमा पारी बेचबिखन प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको छ ।

पीडित बालिकाको बयान अनुसार आरोपितलाई पुस २९ गते गिरफ्तार गरिएको र माघ २ गते जिल्ला अदालतमा मानव वेचबिखन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर दीपक थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २ गते गरिएको छ ।

नेत्रप्रसाद अधिकारी

0 Comments