Incident Reports

दुई बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारl

2014-06-13

Bagmati, Kabhrepalanchok, Bethanchowk, Ward 5

Bhojraj Timalsina काभ्रे । ०७१ जेठ ३० गते उग्रचण्डी नाला गाविस-५ माझगाउँका २५ वर्षीय दीनेश बजगाईले जेठ २४ गते स्थानीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले आरोपितलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई यसअगाडी दुई पटक बलात्कारको प्रयास भएकोमा गाउँलेले आरोपितलाई समातेर कुटपिट गरी आइन्दा यसो नगर्ने शर्तमा छोडेको स्थानीयले बताए । घटना तेस्रो पटक घटाएर भागेको अवस्थामा घटना मिलाउने भनी फकाएर घरमा बोलाई गाँउलेहरूले प्रहरीको जिम्मा लगाएका थिए । पीडित ७ र ८ वर्षीया बालिकाहरू रहेका छन् । बालिकाहरूको जेठ ३० गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण भयो । विवाहित आरोपितको घरमा ६ महिनाको छोरा रहेको छ । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis