Incident Reports

सामुहिक बलात्कार गरी फरार पाँचजना युवक गिरफ्तार l

2014-06-16

Lumbini, Kapilbastu, Yashodhara

Nandaram Poudel कपिलवस्तु । ०७१ असार २ गते एक १७ वर्षीया युवतीलाई बुडढी तालमा लगि सामुहिक बलत्कार गरी फरार पाँच जना युवकलाई ०७१ असार १ गते नेपाल भारत सिमा सोमहडिया गाविस-२ मर्यादापुरबाट जिल्ला प्रहरी कार्यालयको टोलिले गिरफ्तार गरेको छ । प्रहरीले असार २ गते पत्रकार सम्मेलन गरी बुडढी गाविस-२ का १७ वर्षीय मन्दीप थारु, १७ वर्षीय राधेश्याम थारु, १७ वर्षीय भानु भन्ने शंकरदेव थारु, १७ वर्षीय बजरगींथारु र १७ वर्षीय सुनिल थारुलाई बलात्कारको आरोपमा गिरफ्तार गरेको जनाएको हो । पीडित युवतीका प्रेमी भनिएका मन्दिप थारुले ०७१ जेठ १४ भेट गर्न बोलाएर सामूहिक बलात्कार गरेको सोही दिन गाउँलेले थाहा पाए पनि स्थानीयले गाउँमै मिलाउने प्रयास गरेकोले समयमा प्रहरीमा उजुरी नगर्दा घटनाका आरोपित फरार रहेका थिए । घटनामा संलग्न भएको आरोपमा पीडितको भाउजूले जेठ १६ गते पाँचै जना युवकहरूका विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरी लगतै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिहेंको संयुक्त अनुसन्धान टोली गठन गरी अनुसन्धान सुरु गरेको र आरोपित पाँचै जना भारतको मुम्बई गएको अवस्थामा खोजतलास सँगै सुराकी लगाई नेपाल झिकाई गिरफ्तार गरेको प्रहरी उपरीक्षक रविन्द्रप्रसाद शर्माले बताएका छन् । आरोपित युवकहरूलाई असार १ गते नै जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पीडित युवतीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरी उपचारपछि घरमै रहेकी छन् । पीडकहरूलाई उमेरको अवस्थाहेरी ५ वर्षदेखि ७ वर्षसम्मको कैद हुने उपरीक्षक शर्माले बताएका छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis