Incident Reports

आपसी विवाद हुँदा ज्वाइँले लगाए ससुराली घरमा आगो

2021-01-16

Madhes, Bara, Jitpur Simara, Ward 18

वीरगञ्ज– आपसी विवाद हुँदा शनिबार बिहान बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिएका छन्।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ परासी टोलमा ससुराली आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका ३३ वर्षीय धीरेन्द्र पटेलले आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

परासी टोल निवासी कृष्णदेवी कुर्मीको फुसको घरमा उनका बहिनी ज्वाइँ पर्ने पटेलले आपसी विवाद हुँदा पेट्रोल छर्केर आगो लगाइदिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

रक्सी सेवन गरेर ससुराली गएका पटेलले परिवार भित्रै विवाद हुँदा रिसको झोकमा आएर आगो लगाएको मिश्रले बताए। प्रहरीका अनुसार आगोले घरभित्र रहेको लत्ताकपडा, भाडाकुँडा र अन्नपात, खाद्यान्न जलेर नष्ट हुँदा ५० हजार बराबरको क्षति भएको छ।

आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।आगो लगाएपछि पटेल फरार भएका छन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports