Incident Reports

अनुसन्धान सहायक प्रवीणको हत्या

2021-01-15

Lumbini, Banke, Nepalgunj

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनको टाउको र मुखमा प्रहार गरेर हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ।

घटनाको बारेमा बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको शव नेपालगन्ज उपमहानगरपालिकाको लग्दहवामा शुक्रबार दिउँसो भेटिएको थियो। उनको शरीरमा डामहरू देखिएको प्रहरीले बताएको छ। टाउकोमा पनि चोट लागेको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन। अनुसन्धानका सहायक सूचकको हत्या भएको हुनसक्ने सम्भावना भएको भन्दै प्रहरीले अनुसन्धान सुक्ष्म ढंगल सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी सुबास खड्काले बताए।

हत्याको बारेमा अझै केही नखुलेको उनको भनाइ छ। ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं,’ उनले भने, ‘छिट्टै तथ्य बाहिर आउनेछ। उनको हत्या ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं। अहिले अरू केही भन्न सकिन्न।’ शुक्रबार बाँके प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्न घटनास्थलमा कुकुरको समेत प्रयोग गरेको थियो।

Update

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत मगरको हत्या आरोपमा एक पक्राउ

काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रविण थापा मगरको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

अनुसन्धानका सहायक सूचक २७ वर्षीय मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा गत माघ २ गते मृत अवस्थामा फेला परेका थिए । उनको टाउको र शरीरमा डामहरु थिए ।

बाँके प्रहरीले घटना अनुसन्धानका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार संलग्न भएको पत्ता लगाएको थियो । घटनापछि फरार रहेका उनी त्यहाँबाट भागेर भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकेर बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंबाट खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको र बिहीबारै जिल्ला प्रहरी कार्यालय, बाँके पठाउने तयारी भइरहेको ब्युरोले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports