Incident Reports

कञ्चनपुरका किसानलाई सडक प्रयोग गर्न भारतीय एसएसबीको अवरोध

2021-01-15

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ।

वषौँदेखि नेपाल (सडकघाट) र भारतको टिल्लाका किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक प्रयोगमा एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो। भारतीय किसानलाई भने निर्वाध प्रयोग गर्न दिएको छ।

स्थानीय किसानले चार दशकदेखि प्रयोग गर्दै आएको सडकमा एसएबीले अहिले आएर रोक लगाएको हो। शिक्षक समेत रहेका स्थानीय विवेक लम्सालले भारतीय ज्यादतिका कारण नेपालीले आफ्नै खेतमा उत्पादन भएको अन्नबाली भित्र्याउन नपाएको बताए। ‘मैले खेतमा तोरी सुकेर त्यही नष्ट हुने भइसक्यो, एसएसबीले दशगजाको सडक प्रयोग गर्न दिँदैन,’ उनले भने, ‘हामी सीमावासीमाथि यस्तो अपराध कहिलेसम्म सहने?’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कानुन अनुरुप दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने बताउँदै व्यावहारिक रुपमा दुवै देशका नागरिकले विगतदेखि प्रयोग गर्दै आएकाले दशगजा क्षेत्रको सडक प्रयोगको विषयमा विवाद आएको बताए।

‘सडकघाट क्षेत्रमा केही विवाद आएको छ,’ प्रजिअ महतोले भने, ‘दुवै देशका सीमा प्रमुख हाम्रो नेपालका एसपी र उता भारतका एसएसबीका कमानटेण्ड अफिसर नभएकाले सहजीकरण हुन सकेको छैन। दुवै देशका अधिकारीसहित विवाद समाधान गर्छौं।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Foreign State
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments