Incident Reports

बिरामीको मृत्युपछि विराटनगरको अवधनारायण क्लिनिकमा तोडफोड

2021-01-17

Province 1, Morang, Biratnagar

विराटनगर/चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड गरेका छन् ।

पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । 

क्लिनिकमा पित्तथैलीमा पथरियाको शल्यक्रिया गरेकी महिलाको शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । 

अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेका कारण मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आइतबार अस्पताल तोडफोड गरेका हुन् । तोडफोडको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले तीन जनालाई पक्राउ गरेको छ । अस्पतालको अवस्था तनावपूर्ण बनेपछि प्रहरी परिचालन गरिएको छ ।

३२ वर्षीय सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएका थिए । सोही दिन उनको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि बिरामीको अवस्था जटिल बन्दै गयो । तर उनलाई आवश्यक पर्ने अक्सिजनसहितको आइसियू सुविधाको अस्पतालमा थिएन । पुस २९ गते उनको मुटुको चाल कम भएपछि अस्पतालले आईसीयू छैन भन्दै धरान रेफर गर्‍यो ।

बुबा होमबहादुरका अनुसार थप उपचारका लागि धरान लगिएको थियो । धरानमा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्यु भएपछि आफन्तले अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेको भन्दै शव बुझेका छैनन् । लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments