Incident Reports

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2021-01-16

Lumbini, Palpa, Rampur, Ward 5

आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments