Incident Reports

अदालतबाट अपराधी करार व्यक्ति सरकारी सेवामा l

2014-06-17

Province 1, Okhaldhunga, Chisankhugadhi

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७१ असार २ गते एमालेका नेता छविलाल कार्कीको हत्या आरोपमा जिल्ला अदालतबाट तीन वर्षकैद सजाय तोकिएका भदौरे गाविस-२ का लालबहादुर भुजेल सरकारी कर्मचारी रहेको पाइएको छ । भुजेललाई कार्कीको हत्यामा अन्य अभियुक्तहरूसँगै ०७० माघ २३ गते मतियार रहेको ठहर गरी अदालतले तीन वर्षकैद सजाय गरेको थियो । उनी अतिरिक्त हुलाक कार्यालय भदौरेको प्रमुखको रुपमा कार्यरत छन् । भुजेल जिल्ला अदालत अदालतको आदेशले ६ महिना पुर्पक्षमा बसे पनि पुनरावेदन अदालत राजविराजको आदेशले ०६७ माघमा साधारण तारेखमा छुटेका थिए । जिल्लाले फैसला गरेपछि पुनरावेदनले केही बोलेको छैन । पुर्पक्षमा रहँदा निलम्बनमा रहे पनि उनी तारेखमा छुटेपछि निलम्वन फुकुवा भएकाले हुलाकमा काम गर्दै आएको स्थानीय शंकर कट्वालले बताए । भुजेल तारेखमा रहँदै जिल्ला अदालतले तीन वर्षकैद फैसला भए पनि प्रहरीले भूजेललाई गिरफ्तार गरेको छैन । अदातलले अपराधी करार गरेका व्यक्ति सरकारी कार्यालयका प्रमुख रहेको भनी पीडित परिवारबाटै उजुरी आएपछि जिल्ला हुलाक कार्यालयले भुजेललाई स्पष्टीकरण लिएको कार्यालयका नायव सुब्बा दुर्गबहादुर खड्काले बताए । उजुरी परेपछि स्पष्टिकरण सोधेर आवश्यक कारबाहीका लागि क्षेत्रमा पठाइएको खड्काले जनाए । 'कारबाही अघि बढीसक्यो' खड्काले भने । भुजेलसहित अर्का आरोपित दीलबहादुर सार्की घरमै बस्दै आए पनि पक्राउ परेका छैनन् । कार्की हत्याकै आरोपमा फरार रहेका एमाओवादीका कार्यकर्ताहरू विचार भनिने बाबुराम सुवेदी 'विदुर', दीपक कट्वाल, तारा सिकेलगायत सात जनाको मुद्दा मुल्तवीमा राखिएको छ । फरार भनिएका व्यक्ति सदरमुकामबाट २४ किलोमिटरको दुरीमा कार्यालय प्रमुखको रुपमा कार्यरत भए पनि नसमातिएको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले प्रहरीको रेकर्डमा भुजेल र सार्की फरार रहेको जानकारी दिए । दुवै अपराधीको खोजी भइरहे पनि नभेटिएको रेग्मीको दाबी छ । अदालतबाट ज्यान मुद्दामा कैद सजाय पाएका व्यक्ति सरकारी सेवामा कार्यरत रहनु दण्डहीनताको पराकाष्ठा भएको अधिकारकर्मीहरूले बताएका छन् । नेपाल बार एसोसियसनका सदस्य गुरुबहादुर बस्नेतले दण्डहीनता अन्त्यका लागि प्रहरी प्रशासन मजवुद बन्न नसकेकाले अपराधी सरकारी सेवामा रहेको टिप्पणी गरे । मृतक कार्कीकी पत्नी शकुन्तला कार्कीले अपराधीलाई सरकारी सेवामा राखिएको भन्दै कारबाही गर्न माग गरिन् । एमाले नेता कार्कीको ०६७ साल असार २४ गते एमाओवादीका कार्यकर्ताहरूको आक्रमणमा परी ठूलाछापको निसंखेस्थित तारा होटलमा हानेर खाना खादै गरेको अवस्थामा रड र लाठीले प्रहार गरी हत्या भएको थियो । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis