Incident Reports

मकवानपुरमा घरभित्रै महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ

2021-01-18

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 2

मकवानपुरको मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारमा एक महिला घरभित्रै मृत फेला परेकी छन् । सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । घटना संकास्पद देखिएका कारण देवराजलाई नियन्त्रणमा लिएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमायाको हत्यामा देवराजको संलग्नता देखिन आएकोले उनलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments