Incident Reports

संसद विघटनविरुद्ध संयुक्त महिला संघको प्रदर्शन

2021-01-19

काठमाडौँ – संयुक्त महिला संघले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ।

‘संसद विघटन गर्न पाइँदैन, प्रतिनिधिसभा सुचारु गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर संयुक्त महिला संघले प्रदर्शन गरेकाे हाे।

एक महिनाअघि प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्।

सरकारको यो कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड नेपाल खेमासहित अन्य विपक्षी दलहरु आन्दोलनमा छन्।

सोही क्रममा आज संयुक्त महिला संघले प्रदर्शन गरेको हो। प्रदर्शनका सहभागीहरुले महिला हिंसा अन्त्य गर्न पनि माग गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments