Incident Reports

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार

2021-01-19

Bagmati, Kathmandu, Kathmandu

६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार भएको छ ।

अस्पतालको कोभिड आईसीयूमा खटिएका डा. सविन भण्डारीमाथि दुर्व्यवहार भएको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा. सुमन दाहालले जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेको दाहालले बताए ।

‘रुपन्देहीको बुटवलबाट उपचारका लागि आएका व्यक्तिको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । निमोनियाका बिरामी भएपनि अस्पतालमा भर्ना गर्ने समयमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो,’ डा. दाहालले भने, ‘तर इन्फ्लुएन्जाको आशंकामा परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नमुना पठाइएको थियो । सो क्रममा पीसीआर पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा उनको मंगलबार बिहान ११ बजे मृत्यु भयो । तर मृतकका आफन्तले कोरोना नभएका बिरामीलाई कोभिड आईसीयूमा राखेकाले उनको मृत्यु भएको भन्दै डा. भण्डारीमाथि लात्ती प्रहार भएको छ । जुन दुःखद् छ ।’

चिकित्सकमाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुनु पर्ने उनको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports