Incident Reports

पत्नीलाई बञ्चरो प्रहार गर्ने पति गिरफ्तार l

2014-06-15

Gandaki, Baglung, Kanthekhola

Srijana Pant बागलुङ । ०७१ असार २ गते ताराखोला गाविस-७ का ४० वर्षीय चण्डिप्रसाद रोकालाई पत्नी ३५ वर्षीया भीमकला रोकालाई बञ्चरो प्रहार गरेको भन्दै जिल्ला प्रहरी कार्यलयले असार १ गते गिरफ्तार गरेको छ । दिनभर काम गरेर साँझ घर फर्कदा रातिसम्म पनि खाना नबनाएको झोकमा पतिले पत्नीको टाउकोमा जेठ २९ गते बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए । उनका अनुसार बञ्चरोको प्रहारबाट पीडितको टाउकोमा गम्भीर चोट लागेको छ । उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा पठाईएको छ भने आरोपित चण्डिप्रसाद रोकालाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको छ । आरोपित रोकाले पत्नीलाई साँझ नै घाइते बनाएको भए पनि घर एक्लो भएकाले घटनाको विवरण तत्काल बाहिर आउन सकेको थिएन । तर बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी भीमकलालाई उपचारको लागि जेठ ३१ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याएपछि घटनाको रहस्य खुलेको हो । सिर्जना पन्त

0 Comments

Related Reports
Related Trend Analysis