Incident Reports

रुपन्देहीमा एक युवकको जलाएर हत्या

2021-01-20

Lumbini, Rupandehi, Mayadevi, Ward 7

७ माघ,बुटवल ।

रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताए ।

Update

अनुहार जलेको अवस्थामा फेला परेको शवको सनाखत, आफ्नै काकाले सुपारी दिएर हत्या गर्न लगाएको निष्कर्ष

काठमाडौँ- रुपन्देहीको मायादेवी गाउँपालिका-७ गरगट्टीमा गत साता अनुहार जलेको अवस्थामा फेला परेका पुरुष व्यक्ति ३४ वर्षीय राजेन्द्र यादब भएको प्रहरीले जनाएको छ। उनी रुपन्देहीको सियारी गाउँपालिका-२ बेथरी निवासी हुन्।

२५ लाख रुपैयाँ वा एक कठ्टा दिने शर्तमा उनका काका राम बेलास यादबले राजेन्द्रको हत्या गर्न लगाएको रुपन्देही प्रहरी प्रमुख प्रविण पोखरेलले जानकारी दिए। गत माघ ६ गते दिउँसो अनुहार जलेको अवस्थामा राजेन्द्रको शव भेटिएको थियो।

विवाह गर्ने तयारी गरिरहेका राजेन्द्रको सम्पत्ती हत्याउन उनको हत्या गर्ने योजना बाबुरामले बनाएको प्रहरीको दावी छ। प्रहरी उपरिक्षक-एसपी पोखरेलका अनुसार माघ ५ गते राम बेलासका कान्छा छोरा विरेन्द्र, राजेन्द्रसहित केही व्यक्ति सँगै बसेर मदिरा सेवन गरेका थिए। त्यतिबेला राजेन्द्रले पिएको रक्सिमा बेहोस हुने औषधी मिसाइएको थियो।

बेहोस् भए पश्चात राजेन्द्रलाई मोटरसाइकलमा राखेर गरगट्टीमा पुर्‍याएको थियो। बाइकबाट ओ‌रालेर राजेन्द्रको घाँटी कसिएको र मरेको यकिन भएपछि अनुहारमा पेट्रोल छर्किएर आगो लगाइएको प्रहरीको दावी छ। घटना पश्चात तीन जना एउटै मोटरसाइकलमा त्यहाँबाट निस्किएका थिए। त्यसबीचमा उनिहरुले राजेन्द्रले लगाएको घढी र उनको साथमा भएको मोबाइल सँगै लगेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार राजेन्द्र दुई वर्षको हुँदा उनको बुबाको सर्पले टोकेर मृत्यु भएको थियो भने त्यस घटना पश्चात उनकी आमा गुलमतीले राम बेलाससँग विवाह गरेकी थिइन्। देवर राम बेलाससँग विवाह गरेपछि गुलमतीका तीन छोरा भएका थिए। अघिल्लो श्रीमानबाट उनका एक छोरा र एक छोरी जन्मिएका थिए।

राजेन्द्र करिब १४ वर्ष भारतको बम्बईमा बसेर गत वर्ष मात्र स्वदेश फर्किएका थिए। घर फर्किएपछि उनले परिवारसँग अंश मुद्धा लडेको र अदालतले उनले पाउने सम्पत्तीबारे टुंगो लगाएको प्रहरीले जनाएको छ।

घटनामा राम वेलास यादब, बुद्धिराम कोहार, इन्द्रजित यादब, विरेन्द्र यादब, सन्तकुमार यादब, सोनु मुराउ, राकेश यादब र अफताव मुसलमान संलग्न रहेको प्रहरीको दावी छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports