Incident Reports

जसपाले गर्‍यो ललितपुरमा सरकारविरूद्ध प्रदर्शन

2021-01-20

Bagmati, Lalitpur, Lalitpur

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधिनक कदमको विरोधमा ललितपुरमा प्रदर्शन गरेको छ। 

सरकारको असंवैधानिक कदमविरूद्ध आज माघ ७ गते देशको सबै जिल्लाहरूमा भैरहेको दोस्रो चरणको अन्तिम दिन ललितपुरमा पनि विरोध प्रदर्शन र विरोध सभा गरेको हो। 

यसअघि जसपाले पुस २५, २७ , २९ र माघको ३ गते गरी मुलुकको प्रमुख १६ स्थानमा विरोध सभा आयोजना गरेको थियो। 

ललितपुरको लगनखेल बसपार्कमा आयोजित विरोध सभामा जसपा नेता केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरूद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पार्ने चेतावनी दिए। 

'लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ। तर न्यायमूर्ति ज्युहरू जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ। उहाँहरूले जुन आशयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ त्यसले आम जनमानसमा शंका उब्जिन थालेको छ,'उनले भने,'हाम्रो विश्वास के हो भन्ने उहाँहरूले आफ्नो मानसम्मान र प्रतिष्ठानमाथि आँच आउने कुनै फैसला गर्नु हुन्न।'

प्रधानमन्त्रीले जनताको सार्वभौम अधिकार हनन् गरेको भन्दै उनले जनतासँग ढिला नगरी माफी माग्न आग्रह गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments