Incident Reports

कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा

2021-01-20

कैलाली ।

राष्ट्रिय जनमोर्चा कैलालीले सुरु गरेको संघर्ष र संगठन अभियान अन्तर्गत बुधबार दुगौली र लम्कीमा विरोध सभा सम्पन्न भएको छ । राजमोले प्रतिनिधि सभा पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध लगायतका विषयमा जिल्लाब्यापी अभियान सञ्चालन गरेको हो । अभियानका क्रममा दुर्गौलीमा भएको कोणसभाको सञ्चालक टेकराज न्यौपानेले गर्नुभएको थियो भने राजमो जिल्ला सचिव जगत जोशीले सम्बोधन गर्नुभएको थियो ।

यता, लम्कीमा भएको सभाको अध्यक्षता राजबहादुर शाही र सञ्चालन जगत जोशीले गर्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाहि, राजमो प्रदेश सदस्य तिलक परियार, जिल्ला अध्यक्ष दयाराम सन्ज्याल, युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा स्वागत देवमणी न्यौपानेले स्वागत गर्नुभएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments