Incident Reports

विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

2021-01-21

Province 1, Morang, Budhiganga, Ward 4

विराटनगर/प्रहरीले नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भन्ने धनबहादुर विकलाई हतियारसहित पक्राउ गरेको छ ।

मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरिरहेको भन्ने सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments