Incident Reports

संसद विघटन बिरुद्ध पोखरामा कालोबेलुन उडाएर प्रदर्शन

2021-01-21

Gandaki, Kaski, Pokhara Lekhnath

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमबिरुद्ध पोखरामा कालो बेलुन उडाएर प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट युवा संगठन राष्ट्रिय युवा संघले चिप्लेढुंगामा कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलको नेतृत्वमा पुगेको टोलीले ‘संसद विघटन गर्न पाईंदैन, निरंकुशता चाहिंदैन, बयलगाडा चढेर गणतन्त्र आएको होईन’ नारा लेखिएको ब्यानर टाँसेर कालो बेलुनको झुप्पा आकाशतर्फ उडाएको थियो । बेलुन उडाउनु अघि सहभागि युवाहरुले नाराबाजी गरेका थिए । उनीहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक (कू) खारेज गर, दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए ।

राष्ट्रिय युवा संघको केन्द्रीय समितिको निर्देशन अनुसार नै आफूहरुले कालो बेलुन उडाएर संसद विघटन गर्ने असंवैधानिक (कू) बिरुद्ध विरोध प्रदर्शन गरेको संघका कास्की अध्यक्ष पौडेलले बताए । उनले विरोध प्रदर्शन कार्यक्रमलाई विभिन्न तरिका अपनाएर जारी राखिने समेत बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments