Incident Reports

घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड

2021-01-20

Lumbini, Gulmi, Malika, Ward 7

गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका –७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । सिसिटिभिको भिडियोअनुसार बुधबार राति १० बजेर १९ मिनेटमा एकजना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयका दुवै ढोका तोडी एउटा ल्यापटक चोरले लगेका छन् । त्यस्तै सिसिटिभिको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेद प्रसाद पन्थले जानकारी दिए । चोरले कार्यालयका महत्वपूर्ण कागजपत्रहरु पनि च्यातेका छन् ।

स्मरण रहोस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडी ०७६ पौष ९ गते र गत असौज १० गते तोडफोड भएको थियो । तर चोर भने पत्ता लागेको थिएन् । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुजुल्का तयार गरी घटनाको बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports