Incident Reports

नेपाली काँग्रेसको रौतहटका १५७ वटै वडामा विरोध प्रदर्शन

2021-01-21

रौतहट । नेपाली काँग्रेसले बिहीबार रौतहटका १५७ वटै वडामा विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रिय निर्देशनअनुसार रौतहट जिल्लाभरनै सो पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका स्थानीय नेता कार्यकर्ताले सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया, गरुडा, फतुवा विजयपुर, गुजरा, देवाही गोनाही, मौलापुर, बौधिमाईलगायत १८ वटै पालिकाको सबै वडामा प्रदर्शन गरेका हुन्। प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरुद्धमा जिल्लाका १५७ वटै वडामा प्रदर्शन गरिएको र संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने काँग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले जानकारी दिएका छन् । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments