Incident Reports

बलात्कार आरोपित विरुद्ध मुद्दा l

2014-06-17

Province 1, Sankhuwasabha, Panchakhapan

सङ्खुवासभा । ०७१ असार ३ गते, एक ४६ वर्षीया महिलालाई बलात्कार आरोपमा वाना गाविस-१ का ४१ वर्षीया चन्द्रकुमार पुरीलाई प्रहरीले जबरजस्ती करणीमा असार ३ गते मुद्दा दर्ता गरेको छ । पीडितलाई आरोपितले असार १ गते बलात्कार गरेको आरोपमा असार २ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएकी थिइन् । आरोपितलाई प्रहरीले असार २ गते नै गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । आरोपित इलाका प्रहरी कार्यालयको प्रहरी हिरासतमा छन् । पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असार ३ गते भएको थियो । पीडितको अवस्था सामान्य छ ।

0 Comments

Related Reports
Related Trend Analysis