Incident Reports

प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस

2021-01-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन् ।

सबै र्‍यालीका सहभागीहरू नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा भेला भएपछि विरोधसभा गर्ने तयारी छ । विरोधसभा अंग्रेजी अक्षर ‘टी’ आकारमा सञ्चालन गरिने जनाइएको छ । जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

दाहाल–नेपाल समूहको बिहीबारको बैठकले केन्द्रीय संघर्ष समितिको अगुवाइमा काठमाडौंमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो । प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरू सहभागी हुने समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले शुक्रबारको विरोधसभाका लागि निर्देशिका जारी गर्दै निर्धारित नाराहरू मात्र लगाउन कार्यकर्तालाई आग्रह गरेको थियो ।माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निकालिएका जुलुसलाई विभिन्न नेताले नेतृत्व गरेका छन् ।

विराेधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्दै छन् । विरोधसभामा एक लाख मानिस उतार्ने दहाल–नेपाल समूहको दाबी छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments