Incident Reports

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

2021-01-21

Bagmati, Chitawan, Ichchhyakamana

संसद् विघटनविरुद्ध नेपाली काँग्रेसले सुरु गरेको देशव्यापी कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाअन्तर्गत वडा नं ५ मा विरोध सभा गरिएको छ ।

वडा समितिले आयोजना गरेको सो कार्यक्रममा महासमिति सदस्य तथा गाउँपालिका अध्यक्ष गीता गुरुङले लोकतन्त्रको खिल्ली उठाउँदै प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै पुनःस्थापना हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वडा सभापति राजेन्द्र त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृतिकुमार श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि सृजना देवकोटा, इन्द्रमाया लामालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्षेत्रीय सदस्य सावित्री पुडासैनीले स्वागत राखेकोे कार्यक्रम नेविसंघ गाउँ समिति अध्यक्ष सनम पन्तले सञ्चालन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments