Incident Reports

घरभित्रै छिरेर काका-भतिजाले गरे हत्या, घिसार्दै कुलोमा लगेर फाले

2021-01-21

Lumbini, Dang, Rapti, Ward 6

दाङमा तीन जना काका-भतिजा मिलेर घरभित्र पसेर एक व्यक्तिको हत्या गरेका छन्।

हत्यापछि उनीहरूले ती व्यक्तिको शव मध्यरातमा घिसार्दै झन्डै छ सय मिटर टाढाको सिँचाइ कुलोमा फालेको अवस्थामा फेला परेको छ।

राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका अन्दाजी ४० वर्षीय मोतिराम चौधरीको शव फेला परेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार स्थानीय ३३ वर्षीय मोतिलाल चौधरी, उनका ठूलोबुवा र काकाका छोराहरू ४८ वर्षीय मनिराम र ३८ बर्षीय धनबहादुर चौधरी मिलेर मोतिरामको हत्या गरेको स्वीकार गरिसकेको सेतोपाटीलाई बताए।

‘तीन काका-भतिज मिलेर घरभित्रै हत्या गरी झन्डै छ सय मिटर दक्षिणको रनियापुर खोलामा घिसार्दै शव फालेको अवस्थामा फेला परेको हो,’ एसपी चन्दले भने, ‘मोतिरामको घरदेखि नै खोलासम्म घिसार्दै लैजाँदा रगत लागेको निशान पछ्याउँदै गएर प्रहरीले शव फेला पारेको हो।’

जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यराततिरको हो।

मोतिलालसहित तीन काका-भतिजा मिलेर सुतेका मोतिरामलाई घरभित्रै पसेर लाठी र चिर्पटले प्रहार गरी हत्या गरेपछि राति नै घिसार्दै लगेर राप्ती नदीबाट खेतबारीमा सिँचाइको खनेको कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको एसपी चन्दले जानकारी दिए।

एसपी चन्दका अनुसार सानो झिँगटीले बारेको सानो घरमा चौधरी एक्लै बस्दै आएका थिए। उनकी आमा नाबालक छँदा नै बितेको र बाबु पनि बेपत्ता भएपछि मोतिराम सानैदेखि मावली घरमा बसेर हुर्केका थिए।

अविवाहित उनी घरमा एक्लै बस्दै आएका थिए।

हत्या भएकै दिन मोतिराम मोतिलालको घरमा गएका थिए

एसपी चन्दका अनुसार हत्या भएकै दिन माघ ७ गते बेलुकीपख मोतिराम छिमेकी मोतिलाल चौधरीको घरमा गएका थिए।

उक्त दिन मोतिलालकी छोरीको बिहे थियो। बिहेमा गएका मोतिरामले बिजुली बत्तीको बल्ब निभाइदिने वा फोर्नेजस्ता कार्य गरे।

‘मोतिरामले बिहे घरमा अन्धकार बनाउन खोजेछन्। किन त्यसो गरेको भनेर मोतिलाल लगाएका मानिसहरूले उनलाई सामान्य धक्कापक्का गर्दै लखेटेछन्,’ एसपी चन्दले भने, ‘त्यसपछि मोतिराम भाग्दै गएर आफ्नो घरमा गएर सुतेपछि राति उनीहरु त्यहीँ पुगेर हत्या गरेको देखिन्छ।’

एसपी चन्दका अनुसार झन्डै छ महिना अगाडि हत्या गरिएका मोतिराम र मोतिलालका बीचमा सामान्य झै-झगडा भएपछि प्रहरीमा सार्वजनिक मुद्दा समेत परेको देखिएको छ।

त्यही पुरानो रिसिइबीका कारण मोतिराम मोतिलालको छोरीको बिहेमा उनको घरमा पुगेको र उनले बत्ती निभाउने जस्ता कार्य गरेपछि हत्या भएको देखिन आएको एसपी चन्दले बताए।

पक्राउ परेका तिनै जनाले घटना स्वीकार गरिसकेको एसपी चन्दले सेतोपाटीलाई बताए।

मोतिरामको ७ गते राति हत्या भए पनि प्रहरीले माघ ८ गते बिहान मात्रै खवर पाएपछि घटनास्थल पुगेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports