Incident Reports

प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

2021-01-23

Province 1, Jhapa, Shivasataxi, Ward 4

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–४ स्थित किराँत चोकमा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

केही युवाहरूले गुडीरहेको बा ४ ख ८८९७ नम्बरको बस रोकेर माघ १० गते तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

तोडफोडमा संलग्नहरूको पहिचान हुन नसकेको डिएसपी थापाले बताउनु भयो ।

माघ १० गते नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको र बन्दको अवज्ञा गरेको भन्दै सो पार्टीका कार्यकर्ताले बस तोडफोड गरेको हुन सक्ने डिएसपी थापाले बताउनु भयो ।

तोडफोडबाट बसको अगाडिको भागमा क्षति पुगेको छ ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

नरेश खाती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments