Incident Reports

अपरिचित व्यक्तिहरूको समूहद्वारा मालबाहाक गाडीमामा आगजनी, बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला

2021-01-23

Bagmati, Makawanpur, Indrasarowar, Ward 4

अपरिचित व्यक्तिहरूको समूहद्वारा इन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा मालबाहक पिकअप गाडीमा आगजनी गरिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले ०७७ माघ १० गते आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा नचिनेका व्यक्तिहरूले भीमफेदीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप गाडीमा राती २ बजेको समयमा आगजनी गरेको हो ।

गाडी रोकेर चालकलाई बाहिर निकालेर आगजनी गरी आगजनीमा संलग्नहरू भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको छ । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपी रानाले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments