Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2021-01-23

Gandaki, Baglung, Baglung

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय बागलुङले माघ १० गते गिरफ्तार गरेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्द सफल पार्न प्रचार प्रसार सहित बागलुङ नगरपालिका–७ मा चन्दा असुल्दै गरेको सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी टोलीले सो प्रतिबन्धित पार्टीका म्याग्दी जिल्ला सेक्रेटरी बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ घर भएका बागलुङ जिल्ला इञ्चार्ज कमान किरण नकाल क्षेत्री (विकिरण)लाई गिरफ्तार गरेको हो ।

प्रहरीले शाक्यको साथबाट दुई थान मोबाइल फोन र तीन थान सिमकार्ड सहित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरो लेखिएका एक थान चन्दा रसिद र विकिरणको साथबाट चार थान मोबाइल फोन र सात ओटा सिमकार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले जानकारी दिनुभयो ।

उहाँले उनीहरुलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments