Incident Reports

प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

2021-01-22

Madhes, Siraha, Lahan

इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहाकी अध्यक्ष रेणु कर्ण, ओरेककी जिल्ला कार्यक्रम अधिकृत देवकुमारी महरा, ओरेककी कार्यक्रम अधिकृत अनिता चौधरी र मनोविर्मशकर्ता कविता चौधरीलाई इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई कमल भट्टराईलगायतका प्रहरीहरूले दुर्गा परियार गरेको पीडित पक्षको आरोप छ ।

लहान नपा–४ की २० वर्षीया घरेलु हिंसा पीडित गर्भवती महिलालाई ओरेकमा माइती पक्षका मानिसहरुले कुरा बुझी दिनु भन्दै पुस १९ गते छोडेर हिँडेपछि पीडित महिलालाई सुरक्षाबासमा राखिएको थियो ।

सुरक्षावासमा पीडित बस्न नमानेको र माइती पक्षले दबाब दिएको कारण जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले माघ ९ गते इलाका प्रहरी कार्यालय लहानमा दुवै पक्षलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो ।

सोही सल्लाह अनुसार पीडितलाई लिएर मानव अधिकार रक्षकहरू इलाका प्रहरी कार्यालय लहानमा गएको भए पनि दुवै पक्षलाई नबोलाएर त्यतिकै साँझसम्म अल्मल्याएको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रेणु कर्णले बताउनु भयो ।

‘साँझ हामी पानी किन्न जाँदा पीडितलाई कार्यालय भित्रबाट इन्स्पेक्टर सुर्यनारायाण माझीको निर्देशनमा हात समातेर बाहिर निकाल्न लाग्दा हामीले किन बाहिर निकालेको भन्दा प्रहरीहरूले अपशब्द प्रयोग गरे ।’–कर्णले भन्नु भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले भने आफू नभएको बेलामा प्रहरीहरूको तर्फबाट गल्ती भएकाले माफी माग्नु भएको थियो भने पीडित महिलालाई परिवारसँग घर पठाउनु भएको थियो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Women's Rights Activists
Actor 2 - Youth na
INSEC

0 Comments