Incident Reports

दार्चुलामा ट्रकमा आगजनी

2021-01-23

Sudurpashchim, Darchula, Shailyashikhar

गोकुलेश्वरबाट आइरहेको सुदूरपश्चिम प्रदेशको ००१ क १५४८ नम्बरको ट्रकमा शनिबार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका—९ नक्तड जंगल नजिक आगजनी भएको हो।

आगजनीबाट ट्रकको अगाडिको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी निरीक्षक अधिरी ऐरीका अनुसार घटनाको विषयमा अनुसन्धान सुरु भएको छ। यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले शनिबार नेपाल बन्दको घोषणा गरेको थियो। 

बन्दको प्रभाव देखिएपछि जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका थिएनन्। प्रहरीले सार्वजनिक सवारीलाई स्कटिङ गरेर गन्तव्यसम्म पठाएको थियो। 

बन्द घोषणा गरेको पक्षबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर गएरातिदेखि नै जिल्लाबाट विभिन्न गन्तव्यका लागि छुट्ने र जिल्ला भित्रिने सवारी साधनलाई स्कटिङ गरेर पठाएको दार्चुलाक प्रहरी प्रमुख पदम विष्टले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Total Abducted 00
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments