Incident Reports

कालीकोटमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

2021-01-22

कालिकोटको सदरमुकाम मान्ममा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । २०७७ माघ ९ गते सम्पन्न सो सभामा अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पान्डे, नेकपा (मसाल) कालिकोटका प्रवक्ता देवजङ्ग शाही र अखिल नेपाल शिक्षक सङ्घका अजय गिरीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ओली सरकारले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक, अधिनायकवादी र स्वेच्छाचारी बताउँदै त्यसलाई सुधार गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा कालीकोटका जिल्लाध्यक्ष कृष्णबहादुर शाहीले गर्नुभएको थियो भने सञ्चालन मीनबहादुर शाहीले गर्नुभएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments