Incident Reports

आठ महिनाको बालकलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी l

2014-06-17

Bagmati, Chitawan, Bharatpur

भरतपुर नपा-१२ का आठ महिनाका अमृत पासवानलाई सोही स्थान बस्ने ४० वर्षीया गीता कुमालले कुटपिट गरेको भन्दै पीडितकी आमाले असार ३ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालीका सेवा केन्द्रमा उजुरी दिइन् । आफू बच्चालाई दुध खुवाएर बसिरहेको अवस्थामा गीताले एक्कासी आएर कुटपिट गर्दा बच्चालाई चोट लागेको बालककी आमा २१ वर्षीया सुस्मिता कुमालले बताइन् । अरुलाई कुरा लगाएको निउ पारेर आफूलाई कुटपिट गर्दा काखमा रहेको बच्चालाई लागेको सुस्मिताको भनाई छ । बालकलाई देब्रे कोखामा र शरीरको वबभिन्न भागमा चोट लागेको आमाले बताइन् । उनले भनिन्-'बच्चालाई दुध खुवाइरहेकी थिए । एक्कासी आएर कुटपिट गर्नुभयो, बच्चा र आफ्नो ज्यान जोगाउन नै गाह्रो भयो ।' बालकको बाहिरी नदेखिने चोट भए पनि भित्रि चोट लागेको उनको भनाई छ । बालकको घाउ चेकजाँचको लागि अस्पताललाई पत्र पठाइएको र आरोपितलाई प्रहरी कार्यालयमा झिकाई छलफल गराई सत्यतथ्य पत्ता लगाउने जिल्ला प्हरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरलाले बताए । सावित्री सापकोटा

0 Comments