Incident Reports

रुपन्देहीमा ट्राफिक प्रहरी जवान सामुहिक बलात्कार आरोपमा पक्राउ

2021-01-21

Lumbini, Rupandehi, Lumbini Sanskritik

सामुहिक बलात्कार गरेको आरोपमा रूपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान पक्राउ परेका छन्। रूपन्देहीको लुम्बिनीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले सेतोपाटीसँग पुष्टि गरे।

शर्मासँगै उक्त घटनामा संलग्न गुरूचरण चौधरी पनि पक्राउ परेका छन् भने थप दुई जना फरार रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए। 

पक्राउ परेका दुवै जना कपिलवस्तुको वाणगंगाका हुन् भने फरार दुई भारतीय नागरिक भएको प्रहरीले जानकारी दिएको छ।

गत कात्तिक २३ गते साँझ साढे ८ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका ५ भैसहीमा बाटोमा हिंँडिरहेका सोहि स्थानका दुई महिलामध्ये एक जनालाई नग्न बनाएर फोटो खिच्ने र एक जनालाई ट्राफिक प्रहरी जवान शर्मालगायत ४ जनाको समूहले सामुहिक बलात्कार गरेको आरोप लागेको छ। 

प्रहरी उपरीक्षक पोखरेलले बाटोमा हिँडिरहेका दुई दिदीबहिनीलाई ट्राफिक प्रहरी जवान शर्माले केरकार गरेपछि थप तीनजना पुरुषलाई बोलाएर नग्न तस्विर खिच्ने र सामुहिक बलात्कार गरेको सेतोपाटीलाई जानकारी दिए।

‘ट्राफिक प्रहरी जवान शर्माले केरकार गरेपछि रिसाएका महिलालाई नियन्त्रणमा लिएपछि अरु तीन जना पुरुषलाई बोलाएर बहिनीलाई नग्न बनाएर तस्विर खिचेको र दिदीलाई चारै जनाले बलात्कार गरेको खुलेको छ, घटनाबारे थप अनुसन्धान भईरहेको छ,’ प्रहरी उपरिक्षक पोखरेलले भने।

आरोपितले घटनामा आफू संलग्न रहेको अस्वीकार गरे पनि तस्विरहरु हेर्दा उनको संलग्नता हुन सक्ने पोखरेलले दाबी गरे।

उक्त घटना झण्डै तीन महिना पहिले भएको भए पनि पीडित परिवारले माघ ८ गतेमात्रै उजुरी गरेपछि आरोपितलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए। ‘पीडित परिवारको उजुरीपछि शुक्रवार मात्रै ट्राफिक प्रहरी जवान शर्मा र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गर्न अहिले अदालतमा म्याद थपका लागि ल्याईएको छ,’ नेपालीले भने।

दिदीलाई सामुहिक बलात्कार गरेपछि उक्त घटनाबारे अरु कसैलाई जानकारी दिए बहिनीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएपछि अहिलेसम्म घटना लुकाईएको पीडित परिवारले प्रहरी सामु बताएका छन्। 

तर केहि दिन पहिले बहिनी मध्येको नग्न तस्विर उनकै बुवालाई कसैले पठाएपछि बल्ल उजुरी लिएर आएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments