Incident Reports

बलात्कारका आरोपित गिरफ्तार l

2014-06-17

Gandaki, Kaski, Madi

San Bahadur Thapa कास्की । ०७१ असार ३ गते एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिजुरेडाँडा गाविस-२ का ५५ वर्षीय भीमबहादुर विकलाई जिल्ला प्रहरी कार्यालयले असार ३ गते गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । आरोपित विकले पीडित बालिकालाई ०७१ जेठ २९ गते विहान १० बजे डर, धम्की दिई बलात्कार गरेको भन्दै पीडितका बाबुले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपित विकलाई असार ३ गते गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो । पीडितको असार २ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis