Incident Reports

प्रधानमन्त्री आउने पूर्वसन्ध्यामा देउखुरीमा मसाल जुलुस

2021-01-24

Lumbini, Dang, Rapti

प्रधानमन्त्री केपी शर्मा ओली आउनुभन्दा एक दिनअघि विरोधमा मसाल जुलुस गरिएको छ । पार्टी विभाजनसँगै प्रदेशभरिका कार्यकर्तालाई देउखुरीमा उतारेर गरिने जनसभालाई सम्बोधन गर्न नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओली देउखुरी आउँदै छन् ।

उनी देउखुरी आउने भएपछि देउखुरीभरि नै सुरक्षाकर्मी तैनाथ गरिए पनि नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । झण्डै एक सयको हाराहारीमा रहेका कार्यकर्र्ताले राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीचोकदेखि पव्लिक स्कुल लालमटियासम्म मसाल जुलुस गरेका थिए ।

संविधानबिपरीत संसद बिघटन गरेर पञ्चायती शैलीमा ओली देश दौडाहा निस्केको भन्दै नेकपा प्रचण्ड–नेपालका कार्यकर्ताहरुले मसाल जुलुस गरेको सो पार्टीका एक नेताले बताए ।

सोमवार पनि प्रदर्शनका कार्यक्रम राखिएको सो उनले जानकारी दिए ।

ओलीले कार्यकर्ता भेलालाई सम्वोधन गर्नुअघि सिसहनियाँ महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ । त्यसपछि र राप्ती गाउँपालिका २ लालमटीयामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विरोध प्रदर्शनका कार्यक्रम बढेपछि पुल उद्घाटनस्थलदेखि लालममटियाको दूरी छोटो रहे पनि हेलिकोप्टरबाटै आउने जाने ब्यवस्था मिलाइएको सुरक्षास्रोतले जनाएको छ ।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आह्वान गरेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments