Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-15

Gandaki, Myagdi, Beni

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर प्रसाद चौधरीले बताउनुभयो ।

उहाँले पीडित पक्षले घटना बारे माघ ९ गते थाहा पाएकोले घटना बाहिर आउन समय लागेको पीडित पक्षको उजुरीमा उल्लेख गरिएको बताउनुभयो ।

पीडितका स्वास्थ्य परीक्षण माघ ९ गते साँझ बेनी अस्पतालमा गरिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

आरोपितलाई जिल्ला अदालत म्याग्दीबाट जबरजस्ती करणी कसुर शीर्षकमा माघ ११ गते म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता प्रकाश कोइरालाले बताउनुभयो ।

अमृतप्रसाद पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments