Incident Reports

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

2021-01-22

Bagmati, Chitawan, Bharatpur, Ward 10

धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई हाल भरतपुर महानगर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् ।

आफूलाई अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक बताउने श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित नेकपा (विप्लव समूह)ले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा पक्राउ गरेको हो ।

नेपाल बन्दको पूर्वसन्ध्यामा जनमानसमा भय एवं त्रास उत्पन्न गराउने गतिविधि गर्ने योजना बनाइ तयारी गरिरहेको अवस्थामा उनलाई भरतपुर १० सप्तगण्डकी चोक नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।                       

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments