Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा उजुरी दर्ता

2021-01-27

Lumbini, Banke, Kohalpur

इन्सेकको सहयोगमा घरेलु हिंसा पीडित २० वर्षीया महिलाले माघ १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् ।

राप्तिसोनारी गाउँपालिका – ८ का २४ वर्षीय करन खत्रीले ललाई फकाई विवाह गरेको र घरपरिवारले अन्तर जातीय विवाह भनेर स्वीकार नगरेपछि  एक वर्षसम्म घरबाहिर कोठा भाडा लिएर राखेको र दिनहु शारिरिक मानसिक यातना दिएकोले  आवश्यक सहयोग गरिदिन भन्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा माघ १३ गते निवेदन दिनु भएको थियो ।

खत्रीले ०७६ फागुन ६ गते विवाह गरेका थिए ।  घरपरिवारले दलितको छोरी भन्दै स्वीकार नगरेर पीडितले बताउनु भयो । उहाँले पति सम्पर्क विहीन भएपछि आफु माइती घरमा बस्दै आएको बताउनु भयो ।

इन्सेक नेपालगञ्जले पीडितलाई कानुनी प्रक्रियामा सहयोग गरिदन राष्ट्रिय मानव अधिकार आयोग र नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनमा सिफारिस गरेको थियो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका सइ रणधिर जैसीले पीडितको उजुरीका  आधारमा आरोपितको खोजी कार्य  भइरहेको बताउनु भयो ।

 

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments