Incident Reports

बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ

2021-01-28

Madhes, Dhanusha, Nagarain, Ward 2

धनुषा, २०७७ माघ १४ गते ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो । महतो उपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

0 Comments