Incident Reports

मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

2021-01-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ/सम्झौताअनुसार बाँकी पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित भएका छन् । मनमोहन मेमोरीयल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो ।

तीन महिना बितिसक्दा पनि उक्त सहमतिको पालना नभएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू धर्नामामा बसेर विरोध जनाएका हुन् । व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीको भनाइ छ ।

आफूहरूको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis