Incident Reports

तीन सातादेखि आमरण अनशन

2021-01-07

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : सामाजिक, आर्थिक, शैक्षिक तथा जन जिविकासंग सम्बन्धित विभिन्न ५२ बुँदे माग राखेर नेपाल जनवादी पार्टीका नेता तथा कार्यकर्ता तीन सातादेखि अस्पतालमै आमरण अनशनमा बसेका छन् । 

शुरुमा आफ्नो मागबारे सरकारलाई पटक-पटक जानकारी गराउँदा पनि सम्बोधनको लागि चासो नदिएपछि उनीहरुले मानव जंजिरसहित माइतीघर मण्डलामा रिेले अनशन बसेका थिए । उक्त अवधिमा पनि सरकारले वार्ताको लागि समेत बेवास्ता गरेपछि पार्टीका महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंह लगायतका व्यक्ति आमरण अनशनमा बसेका थिए । 

अनशनकै क्रममा प्रहरीले पक्राउ गर्ने र छोड्ने गरेपछि उनीहरुलाई उपचारको लागि चावहिलस्थि हेल्पिंग हेन्डस अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा समेत उनीहरु तीन सातादेखि आमरण अनशनमा छन । आमरण अनशनकै क्रममा निजहरुको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपनि सरकारले बेवास्ता गरेको पार्टीका प्रवक्ता विज्ञान शर्माले बताए । 

आर्थिक समस्याका कारण उपचार गर्न नसक्ने हरेक नागरिकलाई सरकारले निःशुल्क उपचार गरिदिनुपर्ने, शिक्षा निःशुल्क हुनुपर्ने, सरकारको प्रशासनिक संरचनामा सुसधार गरि सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने लगायतका माग उनीहरुले सरकारसंग राखेका छन् । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments