Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-20

Lumbini, Rupandehi, Lumbini Sanskritik

१२ वर्षीया  बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–११ मुग्लाहका १८ वर्षीय  मजिबुर रहमानलाई माघ १४ गते गिरफ््तार गरेको छ ।

पीडितपक्षले  अर्का आरोपित लुम्बिनी सांस्कृतिक नपा–६ तरकुल्लाहका १८ वर्षीय सहिजाद मुसलमान विरूद्ध उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितहरूले  माघ ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले  माघ १४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् ।

पीडितपक्षको  उजुरीका आधारमा कारबाही अगाडि बढाएकोे इलाका प्रहरी कार्यालय, लुम्बिनीका सइ  डेलम्बर घिमिरेले बताउनु भयो । फरार आरोपित सहिजादको खोजी भइरहेको  प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments