Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2021-01-19

Madhes, Saptari, Kanchanrup

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–६ का २१ वर्षीय अफरोज मियाँविरुद्ध माघ १३ गते उजुरी दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा पीडितले माघ १० गते दिएको उजुरी आवश्यक अनुसन्धान पश्चात माघ १३ गते दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडितलाई आरोपितले माघ ६ गते बलात्कार गरी फरार भएको पीडितको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी आवश्यक कानुनी कारवाही गर्नका लागि खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments