Incident Reports

बलात्कारका दोषीलाई १० वर्षकैद l

2014-06-18

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa एक ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा उमनपा-७ का ४६ वर्षीय हर्कबहादुर लिम्बूलाई असार ४ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको इजलासले १० वर्षकैद र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । जिल्ला अदालतले बालिकालाई बलात्कार गरेकोमा दोषी ठहर गर्दै लिम्बूलाई उक्त कैद फैसला र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको श्रेष्तेदार दिनबन्धु अर्यालले बताए । आरोपितले बालिकालाई ०७० भदौ २० गते बलात्कार गरेको भन्दै आफन्तले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले लिम्बूलाई भदौ २१ गते नै गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दामा अनुसन्धान गरेकोमा जिल्ला अदालतको ०७० असोज ११ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis