Incident Reports

प्रतिगमनको विरोधमा नेविसंघको मोटरसाइकल र्‍याली

2021-01-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रतिगमनविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको नयाँ बानेश्वरदेखि रत्नपार्कस्थित शान्तिवाटिकासम्म बिहीबार मोटरसाइकल र्‍याली निकालेको हो ।

नेविसंघले माघ १६ गते सहिद दिवसका दिन शान्तिवाटिकामा हुने प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा तयारी स्वरुप मोटरसाइकल र्‍यालीको आयोजना गरिएको नेविसंघले जनाएको छ ।

भोलि (शुक्रबार) शान्ति वाटिकामा हुने कार्यक्रममा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, प्रदीप पौडेल र भीमसेनदास प्रधानले सम्बोधन गर्ने जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments