Incident Reports

पौने पाँच बिगाहा जग्गा पाउने लोभले फुपाजूको योजनामा भदा सालोको हत्या

0202-12-16

Nepal

प्रहरीले पर्सामा हत्या गरी झुण्डाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार प्रहरीले पर्सागढी नगरपालिका-५का ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेललाई पक्राउ गरेको हो।

उनीहरूमाथि बहुदरमाई नगरपालिका-४ बहुअरीका २१ वर्षीय अकलेश राउत यादवको हत्या आरोप रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले बताए।

पुस १ गते अन्दाजी १२ बजे अकलेश झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी पर्सागढी नगरपालिका-६ चैनपुरस्थित आफ्नै खेत जग्गाको रुखमा गलबन्दी पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए।

उनको शव भेटिएको एक-डेढ किलो मिटरसम्म पनि कसैको घर थिएन।

सुरूमा घटनास्थलमा हेर्दा अकिलेशले आत्महत्या गरेजस्तै देखिएको डिएसपी कुँवरले बताए।

आत्महत्या नै जस्तो देखिए पनि प्रहरीलाई अकिलेशको मृत्युमा शंका लागेको थियो। त्यसपछि प्रहरीले विभिन्न पाटोहरू केलाएर अनुसन्धान बढायो।

‘हामीले सुरूमा आत्महत्या भन्ने सोचेका थियौं। तर, शंका लागेको थियो। मृतकको शव, घटनास्थललाई हेर्‍यौं, घटना अघिपछिका अवस्थाहरूको बारेमा विश्लेषण गर्न थाल्यौं,’ उनले भने।

प्रहरीले यस घटनामा प्राविधिक तर्फबाट पनि विश्लेषण गर्दा उनको आत्महत्या नभई हत्या भएको पुष्टि भएको थियो।

‘शव जुन रुखमा झुण्डिएको थियो। त्यस रुखमा सामान्य रूपमा उभिए पनि खुट्टाले टेक्थ्यो। त्यहाँ उनको आफ्नै गलबन्दीलाई पासो बनाई झुण्ड्याइएको थियो, जसकारण पनि हत्या हो कि भन्ने शंका उत्पन्न भयो,’ डिएसपी कुँवरले भने।

प्रहरीले अनुसन्धान गर्दा मृतकका फुपाजू नाता पर्ने भागरित राउत अहिरको योजनामा अकलेशको हत्या भएको खुलेको छ।

डिएसपी कुँवरका अनुसार अकलेशको मंसिर ३० गते राति हत्या भएको थियो।

फुपाजू भागरित राउतले मंसिर गते राति उनलाई फोन गरेर खेतमा बोलाएका थिए।

बुवा तथा ठूलोबुवाको नाममा रहेको जग्गा जमिन सम्पत्तिको एक्लो हकदार अकलेश उनी थिए। ठूलोबुवाका कोही सन्तान थिएनन्।

उनको परिवारसँग पौने पाँच बिगाहा जग्गा थियो। त्यही जग्गा पाउने लोभमा भागरितले अगुवाइमा दाजुभाइबीच गत कात्तिक १६ गते अंशबन्डा गर्दा अकलेशका बुवालाई १० कठ्ठा जग्गा परेको थियो। 

प्रहरीका अनुसार ठूलोबुवाको सन्तान नभएको, अकलेशका बुवाको सेखपछि नजिकको आफन्त आफैं भएका कारण त्यो सबै जग्गा आफ्नो हात लाग्ने लोभले भागरित हत्याको योजनामा पुग्छन्। 

‘मृतककी श्रीमतीले जग्गा माग गर्न सक्ने भएर उसले त्यसरी अंशबन्दा गरिदिएका रहेछन्,’ उनले भने, ‘परिवार सबै सोझा खालका भएर सबै कामकाज गर्न उसले सहयोग गर्थ्यो।’  

अकलेशको मृत्यु भएपछि उनी पौने पाँच बिगाहा जग्गाका हकदार हुन्थे। सो जग्गा पाउने लोभमा भागरित राउत अखिलेशको हत्या गर्ने योजना बनाएका थिए।

हत्या गर्न उनले चिन्ने दुई जनालाई प्रलोभनमा पारी हत्यामा संलग्न गराएको डिएसपी कुँवरले बताए।

उनका अनुसार छठु पटेललाई पाँच लाख र शेष ताहिर मियाँलाई तीन लाख दिने मौखिक सहमति थियो।

‘उनीहरू तीन जनाबीच राम्रो सम्बन्ध थियो। छठुले पहिले भगिरतसँग ऋण पनि लिएको देखिन्छ। अर्का शेष भने आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्,’ उनले भने।

सो साँझ अकलेशलाई भागिरतले सो ठाउँमा फोन गरी बोलाए। त्यहाँ पुगेपछि भने उनीहरूले मिलेर अकलेशको घाँटीमा डोरीले कसेर हत्या गरेका थिए।

अकलेशको हत्या भइसकेपछि भने उनीहरूले रुखमा झुण्ड्याइदिएका थिए।

अनुसन्धानबाट उनीहरूले मिलेर हत्या गरेको खुलेपछि मृतक अखिलेशका श्रीमतीबाट जाहेरी लिई तीन जनालाई पक्राउ गरेको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports