Incident Reports

मेलाबाट फर्किँदै गर्दा भिरबाट धकेलेर बझाङमा युवाको हत्या

2021-01-29

Sudurpashchim, Bajhang, Chabispathivera, Ward 7

बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ।छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो।स्थानीय मेला हेरेर घर फर्किने बेला गाउँकै लव बोहराले धकेलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।

‘मेला हेरेर घर फर्किँदा दुबै जनाले मदिरा सेवन गरेका रहेछन्, विवाद भएपछि उनलाई भिरबाट खसालेको बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले भने।

भिरबाट बोहरा ६ सय मिटर तल खसेका थिए। धकेल्ने लव बोहरालाई इलाका प्रहरी चौकी बिसौनाचोरले नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports