Incident Reports

उपलब्धि रक्षा गर्न सहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिक अगाडि १ घण्टा धर्ना

2021-01-29

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ-सहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन थालेको ठहर गर्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शोभाभगवतीस्थित सहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना दिएको छ।सहीद दिवसको अवसर पारेर प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको नेतृत्वमा संसद् विघटन असंवैधानिक र सहीदको सपना विपरीत भएको भन्दै एक घण्टा धर्ना दिइएको हो।

सहीदको शालिकमा माल्यार्पण गर्दै पूर्वमन्त्रीसमेत रहेका प्रतिष्ठानका अध्यक्ष जोशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि बारम्बार प्रहार भइरहेको बताए।धर्नामा सहभागीले शोभाभगवतीमा रहेको सहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिकमा फुलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता र बुद्धिजीवीको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments