Incident Reports

महिला बेचबिखनको आरोपमा चार जना गिरफ्तार l

2014-06-17

Province 1, Jhapa, Damak

Suk Dev Chaudhary मोरङ जिल्लाकी २१ वर्षीया एक महिलालाई भारत पुर्‍याइ बेचबिखन गरेको आरोपमा झापा जिल्लाको दमक नपा- १० बाट एकै परिवारका चार जनालाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ । झापा जिल्ला दमक नपा १० गोरखाली टोलकी ४५ वर्षीया मीना तामाङ, २२ वर्षीया बुने भन्ने सृजना तामाङ, २० वर्षीया बाबा भन्ने विष्णु तामाङ र २५ वर्षीय नविन सुनुवार राईलाई प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्वराज पोखरेलका अनुसार गिरफ्तारमध्ये मीना आमा हुन् भने सृजना जेठी छोरी र विष्णु कान्छी छोरी हुन् । त्यसैगरी नविन कान्छी छोरी विष्णुको पति हुन् । प्रहरीको विशेष टोलीले उनीहरूलाई दमकस्थित घरबाटै नियन्त्रणमा लिएको थियो । ०७० पुसमा मोरङ घर भएकी महिलालाई उनीहरूले फकाएर भारतको दिल्ली पुर्‍याएर भारतीय १ लाख ५० हजार रुपियाँमा बिक्री गरेका थिए । पीडित महिला भारतको कोठीबाट भागेर आएपछि असार १ गते जिल्ला प्रहरी कार्यालय मोरङमा पीडितका मामाले किटानी जाहेरी दिएका थिए । उनीहरू सबैलाई म्याद थप गरी अनुसन्धान प्रकृयाअघि बढाएको एसपी पोखरेलले बताए । सुकदेव चौधरी

0 Comments