Incident Reports

२५ लाख पाउने लोभमा दाजुको हत्या

2021-01-19

Lumbini, Rupandehi, Butwal

बुटवल ।

रुपन्देहीमा केही दिनअघि भएको हत्या घटनामा २५ लाख पाउने लोभमा आफ्नै भाइले दाजुको हत्या गरेको  प्रहरीले खुलासा गरेको छ । माघ ६ गते जिल्लाको मायादेवि गाउँपालिका वडा नम्वर ७ गते गैरगट्टी दानव नदी नजिकै  स्थानीय ३४ बर्षीया राजेन्द्र यादव हत्या गरेर फालिएको अवस्थामा मृत  फेला परेका थिए ।

प्रहरी अनुसन्धानबाट  एक कठ्ठा जग्गा वा २५ लाख दिने सुपारि दिए पछि मृतककै भाइ बिरेन्द्र यादवसहित ८ जनाको समूहले हत्या  योजना बनाएको पुष्टि भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

हत्या घटनामा संलग्न  मृतकका भाई बिरेन्द्र यादव, सन्तकुमार यादव, सियारी गाउँपालिका २ का रामबेलास यादव, बुद्धिराम कोहार, हत्या घटनाका सहयोगी सिद्धार्थ नगरपालिका ११ का राकेश यादव, अफताफ मुसलमानलाई पक्राउ गरिएको र थप दुई जना फरार रहेको एसपी पोखरेलले बताए ।

उनका अनुसार हत्या घटनामा सहयोगी लङारे भन्ने ईन्द्रजित  यादव र सोनु मुराउ फरार रहेका छन ।

 यस्तो छ  घटना विवरण

माघ ५ गते मृतकका भाइ बिरेन्द्र यादव बिहानैदेखि मदिरा सेवन गरेर भारतको नौतनवामा बसेका थिए । त्यसपछि सन्तकुमार र सोनु मुराउ मोटरसाईकलमा नौतनवा पुगेर पुनः मदिरा सेवन गरेका थिए ।

सोनु मुराउले ५० रुपैयाँ भारुको पाइप र सय रुपैयाँ भारुको निद्रा लाग्ने औषधी किनेर  चार जना नेपाल तर्फ फर्केका थिए ।  नेपाल आए पछि जितेन्द्र यादवको भट्टीमा पुनः मदिरा सेवन गर्ने बेलामा भाई बिरेन्द्रले मदिरामा निद्रा लाग्ने औषधी मिसाएर दाजुलाई खुवाएपछि अर्धचेत भएका थिए ।

त्यसपछि अफताफ मुसलमान र राकेशलाई सन्तकुमार यादवले मोटरसाइकलसहित बोलाएर प्लाष्टिक बोतलमा पेट्रोल निकालेर एउटा मोटरसाईकलमा राकेशकुमार यादव र वीरेन्द्र तथा अर्को मोटरसाईकलमा  सन्तकुमार, राजेन्द्र र सोनु मुराउ घटना स्थलमा पुगेका थिए ।  

बीचबाटोमा राकेश र अफताफ आफ्नो गन्तब्यतिर लागे पनि बाँकी ४ जना सन्तकुमार यादवको मोटरसाइकलमा घटनास्थल गैरीगट्टीतर्फ पुगेका थिए । बेहोस भएका राजेन्द्र यादवलाई मोटर साईकलबाट झारेर नौतनवाबाट किनेर ल्याएको पाइपल घाँटीमा कसेर केहि बेर सम्म खुट्टाले समेत घाँटी थिचेर हत्या गरेका थिए ।

त्यसपछि घिसारेर ढिकमुनी फाल्ने क्रममा उनको पाइन्ट  खसेको र त्यसबाट कुकुरको सहायताबाट हत्यारा पत्ता लगाउन सकिएको प्रहरीको भनाई छ । हत्या घटनाको मुख्य योजनाकार बुद्धिराम कोहारले मृतकका काकाबाट  नगद २० हजार र अर्को पटक  ५० हजार गरि मृतकका  ७० हजार रुपैयाँ सापटी लिएको समेत बुझिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports