Incident Reports

प्रधानमन्त्री चितवन आउने भएपछि प्रचण्ड-माधव पक्षका अनेरास्ववियूले ठाँउठाँउमा टायर जलाएर विरोध

2021-01-30

Bagmati, Chitawan, Bharatpur

चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएपछि प्रचण्ड-माधव पक्ष अनेरास्वबियूले ठाउँठाउँमा टायर जलाएका छन् । शनिबार (आज) बिहान चितवनमा नेकपाको प्रचण्ड-माधव पक्ष अनेरास्ववियूले ठाउँठाउँमा टायर जलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतका मन्त्रीहरु आज नेकपा ओलि पक्षले आयोजना गरेको आमसभामा सम्बोधन गर्न चितवन आउने भएपछि प्रतिगमनकारीहरुलाई चेतावनी स्वरुप ठाउँठाउँमा टायर बाली कालो ब्यानर समेत राखिएको अनेरास्ववियूले जनाएको छ । जिल्लाको आपटारी ,गोन्द्रयाङ लगाएतका स्थानमा टायर बालिएको हो । कालो ब्यानरमा प्रतिगमनकारी होसियार,असंवैधानिक कदम खारेज गर, जनमतको कदर गर लगाएतको नारा लेखिएको छ । प्रधानमन्त्री ओली आज चितवनमा नवनिर्मित सिटी हलको शिलन्यास, पुल्चोक-गोन्द्रयाङ ६ लेनको बाटोको उद्घाटन र जनसभालाई सम्बोधन गर्न चितवन आउदै छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments